१४ असार २०८१, बिहीबार
Follow Us

सुष्मा गुरुङलाई बेलायतको स्वास्थ्य सेवा अवार्ड

नेपालब्रिटेन डट कम्
४ जेष्ठ २०८१, शुक्रबार २२:०९

लण्डन् । समाजसेवी सुष्मा गुरुङले बेलायतमा मानसिक स्वास्थ्य सेवा सम्बन्धी अवार्ड प्राप्त गरेकी छन् । मानसिक स्वास्थ्य सेवामा समर्पित सामुदायिक नर्स सुष्माले सरे बोर्डर्स पार्टनरशिप स्टाफ अवार्डमा दोस्रो स्थान हासिल गरेकी छिन ।

उनको उत्कृष्ट सेवाबाट प्रभावित भएर सरे र बोर्डर्स पार्टनरशिप स्टाफ अवार्ड समारोहमा मनोनयन परेको थियो । उनले हार्बर होटल, गिल्डफोर्ड, सरेमा ४०० प्रत्यक्ष दर्शकहरूको बीचमा दोस्रो स्थान हासिल गरेकी हुन ।

पुरस्कृत बनेपछि उनले कडा मेहनत, परिश्रम र पेसा प्रतीको लगनको उच्च मूल्यांकन हुने अनुभव प्राप्त भएको जानकारी दिइन ।

एनएचएसका कर्मचारीहरूको ठूलो उपस्थितिमा भएको समारोहमा उनलाई सम्मान प्रदान गरिएको थियो ।

अल्डरशट हेल्थ केयरका कर्मचारी, फ्रिम्ली पार्क अस्पतालका कर्मचारीहरु अवार्ड समारोहमा ठूलो संख्यामा उपस्थित थिए ।