४ असार २०८१, सोमबार
Follow Us

कान्तिलोकपथमा कार दुर्घटना, दुई जनाको मृत्यु, एक घाइते

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०८१, शनिबार ०८:१७

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो । ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको टाटा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो ।

दुर्घटनामा बाराको निजगढ नगरपालिका–६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते भएका छन् । उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।