२० जेष्ठ २०८१, आईतवार
Follow Us

‘कालोकालो कपालमा खैरो..’मा प्रियंका र गम्भिरको रोमान्स (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
५ जेष्ठ २०८१, शनिबार १९:३८

काठमाडौंँ । अभिनेत्री प्रियंका कार्की अभिनित रोमान्टिक गीत ‘कालोकालो कपालमा खैरो कलरलाकी’ सार्वजनिक गरिएको हो । राजनराज सिवाकोटीको शब्द, संगीत, स्वर रहेको गीतमा सिवाकोटीलाई गायनमा गायिका मिलन नेवारले साथ दिएकी छन् ।

गीतको भिडियोको अभिनयमा प्रियंकालाई गम्भिर बिष्टले साथ दिएका छन् । भिडियो निर्देशन समेत बिष्टले नै गरेका हुन् । प्रियंकाको यो भिडियो सहित आरजे इन्टरटेनमेन्टकोे औपचारिक युट्युव च्यानल सुरुवात गरिएको हो । सुरुवातको कोसेली स्वरुप आरजे इन्टरटेनमेन्टले आनी छोइङ्डोल्माको स्वरमा ‘आकाश उज्यालो आकाशैको ताराले, जिन्दगी अध्यारो लोभीपापी पाराले’ गीत र हाँस्यकलाकार राजेन्द्र नेपाली ‘लट्टे’को ‘हट पोटेटो’ नामक धारावाहिक कमेडी पनि बाहिर ल्याएको छ ।

‘रमाइलोको साथी’ नारा सहित सुरु भएको आरजे इन्टरटेनमेन्ट दर्शकलाई विशुद्ध मनोरञ्जनका बिभिन्न खुराक पस्कने उदेश्यले ल्याइएको आरजे इन्टरटेनमेन्टका संचालन राजु केसीले बताए ।

गीत ‘आकाश उज्यालो..’मा राजनराज सिवाकोटीको संगीत तथा राजु केसीको शब्द छ । सार्वजनिक दुबै गीतको भिडियोका निर्माण सल्लाकार सुवाशराज काफ्ले हुन् । आरजेले यो बर्ष आफ्नै लगानीमा २५ गीतसंगीत, २५ धारावाहिक सिरियल र २५ बाहिरको कन्टेन्ट गरेर ७५ कन्टेन्ट ल्याउने लक्ष्य बनाएको छ ।