१४ असार २०८१, बिहीबार
Follow Us

उपमेयर सुनिता डंगोल बेलायत आउने

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०८१, आईतवार १८:५१

लण्डन । काठमाण्डौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल लण्डन आउने भएकी छन् । डंगोल उपमेयर निर्वाचित भए पछि पहिलो पटक लण्डन आउने तयारी गरेकी हुन् ।

उनको सम्मानमा नेपाली दूतावास लण्डनले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको जनाएको छ । दूतावासबासले मे महिनाको अन्तिम साता वेलायतस्थित नेपाली समुदायसंग सो कार्यक्रम गर्ने तयारी गरेको हो । डंगोल नेकपा एमालेको तर्फबाट उम्मेदवार भएर उपमेयरमा निर्वाचित भएकी हुन् ।