२४ असार २०८२, मंगलवार
Follow Us

‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२४’ छानिए ४ विजेता

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०८१, आईतवार १९:५६

काठमाडौँ । १३ औं ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२४’मा नमन उप्रेती, अभिमान दाहाल, डिजाश्री थापा र रायना बुढाथोकी शिर्ष विजेता घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार अबेरसाँझ सम्पन्न प्रतियोगितामा जुनियर ब्वाईज, जुनियर गर्ल, सिनियर ब्वाईज र सिनियर गर्ल गरेर एकसाथ यी ४ विजेता छानिएको हो ।
प्रतियोगीतामा नमनले जुनियर ब्वाइज, अभिमानले सिनियर ब्वाइज, डिजाश्रीले जुनियर गर्ल र रायनाले सिनियर गर्लको उपाधि चुमेका हुन् । भब्य समारोह सहित पृथक लाइट, साउन्ड र स्टेज सहित आयोजित प्रतियोगीतामा जुनियर ब्वाइजतर्फ सार्थक बस्नेत फष्ट रनरअप, अद्विक श्रेष्ठ सेकेन्ड रनरअप, प्रत्युस बास्कोटा ंथर्ड रनरअप हुँदा सिनियर ब्वाइजतर्फ आरभ गौतम फष्ट रनरअप, सौगात घिसिङ सेकेन्ड रनरअप र कृतज्ञ डंगोल थर्ड रनरअप भए ।

त्यस्तै जुनियर गर्लतर्फ चाँदश्री पाण्डे फष्ट रनरअप, प्रविष्टी सपुत सेकेन्ड रनरअप र सुशाशिका घर्तिमगर थर्ड रनरअप बन्दा सिनियर गर्लतर्फ श्रेयानी पाठक फष्ट रनरअप, पौरवी बिष्ट सेकेन्ड रनरअप र सौर्य पाण्डे थर्ड रनरअप छानिए ।

बिभिन्न तामझाम सहित आयोजित कार्यक्रम बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए । फैजु डेढ दशकदेखि गुणस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएका छन् ।

प्रवेशमान शाक्य ( गायक), सम्पुर्ण देवापाटे (सिनियर एकेडेमिक म्यानेजर जेभियर इन्टरनेशनल कलेज), ईश्वर हमाल (कोअडिनेटर) ज्ञानोदय बालबाटिका स्कुल), आशिष थापा ( निर्देशक आरए इभेन्ट म्यानेजमेन्ट कम्पनी), महेश्वरी अमात्य (संस्थापक अध्यक्ष लाइफ स्कुल), अनामिका कार्की ( स्कुल प्रोग्राम म्यानेजर काठमाडौं युरो आईबी वल्र्ड स्कुल), निशा थापा (फाउन्डर प्रिन्सिपल युरो किड्स इमाडोल), नीलिमा मास्के श्रेष्ठ ( फाउन्डर प्रिन्सिपल ब्युटिफुल माइन्डस् प्रि स्कुल)लगायत निर्णायक प्रतियोगीतामा रहेका थिए ।

७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु आफैंले गरेका थिए भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् । विजेता सबैले उपाधिको साथमा अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी अवसर प्राप्त गरेका छन् ।

कार्यक्रममा बरिष्ठ गायक प्रवेशमान शाक्यले गीतको प्रस्तुति मार्फत सांगीतिक मनोरञ्जन दिलाएका थिए ।

धेरै पढिएको