२० जेष्ठ २०८१, आईतवार
Follow Us

बेलायती प्रधानमन्त्रीको निम्तो मान्न जीवा लामिछाने लण्डनमा

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०८१, आईतवार २१:०२

लन्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकले आयोजना गर्ने एक रिसेप्सनमा भाग लिन गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछाने लण्डन आइपुगेका छन् ।

यही मे २० तारिख सोमबार (भोलि) साँझ ५ बजे प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा सुनकले सम्बोधन गर्ने कार्यक्रममा लामिछाने सहभागी हुने छन् ।

लामिछाने लण्डनस्थित हित्रो विमानस्थलमा आइतवार साँझ उत्रिदा गैरआवासीय नेपाली संघका अभियान्ताहरुले स्वागत गरेका थिए ।

उनको स्वागतमा संघका उपाध्यक्ष रामशरण सिमखडा, सहकोषाध्यक्ष कृष्ण तिमल्सिना, एनआरएनए यूकेका संस्थापक कृष्ण भट्ट, पूर्व आइसीसी सदस्य विजन भट्ट विमानस्थलमा पुगेका थिए ।

नेपाल बेलायत शान्ति तथा मैत्री सन्धि भएको १०० वर्ष गाँठ मनाउन प्रधानमन्त्रीको निवास टेन डाउनिङ स्ट्रिटमा विशेष कार्यक्रम गर्न लागिएको बताएको छ।

समारोहमा बेलायतको नेपाली समुदायबाट प्रतिनिधिमूलक रुपमा १ सय भन्दाको सहभागिता रहने लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।