१४ असार २०८१, बिहीबार
Follow Us

इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा निधन

नेपालब्रिटेन डट कम्
७ जेष्ठ २०८१, सोमबार ०४:१३

तेहरान । इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा निधन भएको छ ।

आइतबार इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनामा परेको थियो ।

इरानी राष्ट्रपति रईसीको खोजीमा ठूलो मात्रामा खोज अभियान चलेको थियो । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको उत्तराधिकारी बन्नका लागि अग्रपंक्तिमा रहेका ६३ वर्षीय राष्ट्रपति रायसी अजरबैजानको सीमानाको भ्रमणपछि यात्रा गरिरहेका बेला हेलिकप्टर दुर्घटना भएको हो ।

स्काईन्यूजका अनुसार सरकारी मिडियाका अनुसार उत्तरपश्चिम इरानमा मौसम धेरै खराब थियो जहाँ हेलिकप्टर दुर्घटना भयो ।

इरानी सेनाका प्रमुखले खराब मौसमका कारण अवरुद्ध भएको खोजी र उद्धार कार्यमा सेना र रिभोलुसनरी गार्डका सबै स्रोतसाधन प्रयोग गर्न निर्देशन दिएका थिए ।