काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरे सभामुखको रुपमा नभई पार्टीको कार्यकर्ताको रुपमा संसदमा प्रस्तुत भएको आरोप लगाएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक शाहीले यस्तो आरोप लगाएका हुन ।
उनले प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सभामुखको रुपमा भूमिका निर्वाह नगरेको बताएका छन । उनले भने, ‘ आज हामीले सभामुख देखेनौँ ।
कुर्सीमा बसेको मान्छे देख्यौँ । तर कुन पार्टीको कार्यकर्ता देख्यौँ ।’ उनले सभामुखलाई सभामुखको रुपमा कुर्सीमा बसेको नदेखेर पार्टीको कार्यकर्ताको रुपमा कुर्सीमा देखेको टिप्पणी गरे ।
उनले सभामुखलाई सभामुख हो वा अमुक पार्टीको कार्यकर्ता हो भनी प्रश्न समेत गरेका छन । उनले भने, ‘एउटा पार्टीको कार्यकर्ता त्यहाँ बसेको देख्यौँ ।
सभामुखज्यूलाई भन्छु तपाई सभामुख हो कि अमुक पार्टीको कार्यकर्ता हो रु यो प्रश्नचिन्ह खडा भएको छ ।’ उनले बैठकमा प्रमुख प्रतिपक्ष दललगायतका अन्य प्रतिपक्ष दलहरुले अवरोध गर्दागर्दै प्रधानमन्त्रीले विश्वासको मत लिनुले पनि सभामुखको भूमिकाप्रति प्रश्न उठेको बताएका छन ।
उनले भने, ‘हाम्रो नियमावलीमा स्पष्ट के छ भने कुनैपनि मन्त्रीपटी, कुनैपनि मान्छेपटी अगाडि फर्केर मर्यादापालकहरु बस्न मिल्दैन भन्ने हाम्रो नियमावलीमा स्पष्ट लेखेको छ ।
तर आज प्रधानमन्त्री र मन्त्रीहरुलाई मर्यादापालकले घेरेर राख्नुपर्ने जुन अवस्था भयो त्यो भएको हुनाले आज हामीले के देख्यौँ भने सभामुख देखेनौँ । जबकि हाम्रो उपस्थितिलाई सम्म त्यहाँ गणना गरिएको छैन ।
यसरी पनि गर्न मिल्छ रु यो कहाँको न्याय हो ? ’ प्रमुख सचेतक शाहीले प्रतिपक्ष दलहरुको साझा निष्कर्ष नै सभामुखको भूमिका सभाभुखको जस्तो नभएको रहेको पनि आरोप लगाएका छन ।