२१ जेष्ठ २०८१, सोमबार
Follow Us

स्लट लिभरपुलको प्रशिक्षक नियुक्त

नेपालब्रिटेन संवाददाता
८ जेष्ठ २०८१, मंगलवार ०५:५०

लन्डन । आर्ने स्लट लिभरपुलको  प्रशिक्षक बनेका छन् । लिभरपुलले स्लटलाई आफ्नो नयाँ प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरेको हो ।

उनले जुन १ देखि आफ्नो पद सम्हाल्ने लिभरपुलले बताएको छ । स्लटसँग तीन बर्षको सम्झौता भएको लिभरपुलले जनाएको छ ।

४५ बर्षिय स्लटले लिभरपुलमा जर्गेन क्लोपको स्थान लिने छन् । नेदरल्याण्डसका स्लोट हाल फेयेनोर्ड क्लबका प्रशिक्षक रहेका छन् ।

जर्गेन क्लोपले लिभरपुलमा ९ बर्ष प्रशिक्षकको रुपमा बिताएर क्लब छोडेका छन् । यस अवधिमा उनले लिभरपुललाई एक प्रिमियर लिग र एक च्याम्पियन्स लिग जिताएका थिए ।