३ असार २०८२, मंगलवार
Follow Us

दाङमा वडाध्यक्षमाथि त्रिशूल प्रहार

नेपालब्रिटेन संवाददाता
८ जेष्ठ २०८१, मंगलवार १४:३५

काठमाडौँ। दाङ देउखुरीको राजपुर गाउँपालिकामा एक जना वडा अध्यक्षमाथि त्रिशूल प्रहार भएको छ । मंगलबार दिउँसो राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष टङ्क विष्टमाथि कार्यकक्षभित्रै त्रिशूल जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख (एसपी) राम बहादुर केसीले बताए ।

एसपी केसीका अनुसार उनको लमही अस्पतालमा उपचार भइरहेको छ । राजपुर गाउँपालिका वडा नम्बर ६ खयरभट्टी निवासी २० वर्षीय विजय नेपालीले वडाध्यक्ष विष्टमाथि दिउँसो छातीको बायाँ भागमा त्रिशूल प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।