४ असार २०८१, सोमबार
Follow Us

सिरोहिया अस्वस्थ, अस्पताल भर्ना

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०८१, शनिबार ०९:२७

जनकपुर । हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । 

स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । उनको मुटुमा समस्या आएको बताइएको छ । 

सिरोहियाको नागरिकताको विषयमा गत मंगलबार काठमाडौंमा पक्राउ गरी उनलाई धनुषा लगिएको थियो । उनलाई शुरुमा तीन दिन र शुक्रबार थप तीन दिनको समय थपेर अनुसन्धान भैरहेको छ । सिरोहियालाई अहिले जनकपुरस्थित काव्या अस्पतालमा राखिएको छ ।