२७ बैशाख २०८१, बिहीबार
Follow Us

चितवन कसरी नामाकरण भयो ?

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०७४, शुक्रबार १५:११

चितवन । सीता नवमीको अवसरमा चितवनको देवघाटमा रहेको रामजानकी गार्गी कन्या गुरुकुलमा सीता पुजन एवम उनको आदर्शताको चर्चा गरिएको छ । बालिका आश्रमको अनुगमनको क्रममा गुरुकुल पुगेकी महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख शान्ताकुमारी पौडेलले आदर्श नारी सिता नेपालकै सम्पदा भएको भन्दै उनको महिमा ओझेलमा पार्न नहुने बताइन् ।
उनले समानतामा आधारित समाज निर्माणका लागि पनि राष्ट्रिय विभूति सीता, योगमाया जस्ता नारीहरुको सम्मान हुनुपर्ने बताइन् । सो अवसरमा नेपाल सरकारले बनाएके बालगृह संचालन मापदण्ड २०६९ अनुरुप आश्रम संचालन गर्न सुझाइन् । बागीश्वरी आध्यात्मिक परिषद योगिनरहरी नाथ आश्रम देवघाटकी सचिव सृजना अर्यालले आदर्श नारी सिताको सम्मान सरकारले गर्न नसकेको भन्दै महोत्तरी र धनुषा जिल्लामा मात्र सार्वजनिक विदा दिनु केही सन्तोषजनक भएको बताइन् ।
उनले सिता नवमीलाई राष्ट्रिय नारी दिवसको रुपमा मनाउन आग्रह गर्दै चितवन जिल्लालाई सितावनको रुपमा परिचित गराउनुपर्ने धारणा राखिन् । सो अवसरमा राम जानकी बालिका आश्रमका महासचिव रामेश्वर खनालले सिता नवमी मनाउनै पर्ने भनाई राखे । उनले धर्ती पुत्री सीताको सम्मान सम्पुर्ण नारी जातिको सम्मान हुने समेत बताए । कार्यक्रममा गुरुकुलमा आश्रित बालिकाहरुले राम सिताका भजन तथा मन्त्रोउच्चाण गरेका थिए । कार्यक्रममा महिला तथा बालबालिका कार्यालय चितवनकी बाल अधिकार श्रोत व्यत्ति मिठु आचार्य,आश्रमकी अध्यक्ष माता सावित्रि टण्डन लगायतको उपस्थिती रहेको थियो ।
सिता नवमीको अवसरमा बिहानैदेखि जनकपुरको जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर लगायतका मन्दिरमा पूजाआजा गर्नेको भीड लागेको छ । अघिल्ला वर्षहरुमा औपचारिकतामा मात्र सीमित हुने सिता नवमी यस वर्ष विभिन्न कार्यक्रम गरी धुमधामसँग मनाउन लागिएको हो ।
जानकी नवमीको अवसरमा जानकी मन्दिर नवदुल्ही जस्तै सजाईएको छ । चिवनको माडी क्षेत्रमा रहेको बालमिकि आश्रममा समेत आज नेपाल तथा भारत भत्तजनहरु आएका छन् । बाल्मिकी आश्रममा नै सिताले लवकुशलाई जन्माइ हुर्काएको धार्मिक मान्तयता छ ।
उनले त्यस क्रममा प्रयोग गरेका सिलौटो,लोहोरो,कुवा, लवकुशको झोलुङगो अहिले पनि प्रत्यक्ष देख्न सकिन्छ । सिताले त्यही ठाउमा आफ्नो देह अन्त्य गरेको समेत मान्यता रहि आएको छ त्यस वनलाई नै सिता वनको रुपमा रहेको र अपभ्रस भएर चितवन रहन गएको भाषा विदहरुको टिप्पणी रहेको छ । सीताको जीवन कालका महत्वपूर्ण समय यही क्षेत्रमा बितेकाले यसलाई संरक्षण गर्नुपर्ने गर्न सबै लाग्नु पर्दछ । यस्ता धार्मिक पर्यटनको अथाह सम्भाव्यता बोकेको यस क्षेत्रको संरक्षण गरे धार्मिक पर्यटनमा प्रवद्धनमा टेवा पुग्दछ ।