३२ असार २०८२, बुधबार
Follow Us

झलनाथ खनाल खुमलटारमा, माधव नेपाल बुढानिलाकण्ठमा

नेपालब्रिटेन डट कम्
१७ जेष्ठ २०८१, बिहीबार ०६:२५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । 

विहिबार बिहान प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो ।

प्रधानमन्त्री र नेता खनालबीच करिब एक घण्टाको छलफल पछिल्लो समसामयिक राजनीतिमा केन्द्रित भएको थियो । बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठकमा सहभागी भएपछि सत्ता समीकरण तरंगित बनेको अवस्थामा प्रधानमन्त्री प्रचण्ड र खनालको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

धेरै पढिएको