१४ असार २०८१, बिहीबार
Follow Us

सदस्यता वितरण विभेदपूर्ण : प्रेस यूनियन यूके

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०८१, सोमबार ०७:१७

लण्डन । नेपाल प्रेस युनियन बेलायतले पत्रकार महासंघ वेलायत शाखाको सदस्यता वितरणमा विभेद गरिएको दावी गरेको छ ।
युनियनका अध्यक्ष विपिन निरौलाले आइतवार एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ बेलायत (एफएनजे यूके) शाखाको आसन्न निर्वाचन र सदस्यता वितरणप्रति नेपाल प्रेस युनियन बेलायत शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा ‘एफएनजे यूकेको पूर्व सदस्य समेत रहेका र यूकेमै रहेर सक्रिय पत्रकारिता समेत गरिरहेका पत्रकार साथीहरुलाई निर्वाचन को मुखमा आएर सदस्यताबाट बन्चित गरिएको विभेदपूर्ण कार्य तुरुन्त सच्याई सदस्यता प्रदान गर्न महासंघ केन्द्रसंग माग’ गरिएको छ ।

युनियनले महासंघ यूके शाखाका तत्कालिन अध्यक्षद्वय ध्रुर्वराज अर्याल र बिपिन निरौला बीचको सहमती अक्षरस पालना गर्न समेत यहि बिज्ञप्ति मार्फत अपिल गरिएको छ ।

विज्ञप्तिमा, ‘यदि यसलाई बेवास्ता गरी एकपक्षीय ढंगले पेलेर अघि बढेमा उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवारी अध्यक्ष अर्यालले लिनु पर्ने उल्लेख गर्दै सदस्यता आबेदन दिएका पत्रकारहरुलाई बिचलित नभई पत्रकारिता निरन्तर गरिरहन आग्रह गरिएको छ’ ।