१४ असार २०८१, बिहीबार
Follow Us

मलावीका उपराष्ट्रपतिसहित नौ जना सवार विमान बेपत्ता

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०८१, मंगलवार ०५:५९

मलावीका उप-राष्ट्रपति साउलोस चिलिमासहित नौ जना सवार एउटा विमान बेपत्ता भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । मलावी डिफेन्स फोर्सको विमान सोमबार बिहान राजधानी लिलोङवेबाट निस्किएपछि राडारबाट बाहिर गएको बताइएको छ ।

उक्त विमान स्थानीय समय अनुसार बिहान १० बजेपछि देशको उत्तरमा रहेको एक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि तय गरिएको थियो । सोमबार ढिलो सम्बोधन गर्दै राष्ट्रपति लाजरस चकवेराले खोजी तथा उद्धार कार्य जारी रहेको बताउनु भएको छ ।

विमान बेपत्ता हुनुको कारण अहिलेसम्म थाहा नभएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । चिलिमा तीन दिनअघि निधन भएका पूर्व क्याबिनेट मन्त्री राल्फ कसम्बाराको अन्त्येष्टिमा सरकारको प्रतिनिधित्व गर्न जाँदै हुनुहुन्थ्यो ।