१४ असार २०८१, बिहीबार
Follow Us

जसपा नेपालको बन्द सत्र सुरु

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०८१, मंगलवार ०६:००

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको बन्द सत्र सुरु भएको छ । जनकपुरस्थिथ तिरहुतियाधाममा सोमबार उद्घाटन गरिएको एकताको प्रथम राष्ट्रिय महाधिवेशनमा बन्द सत्र सुरु भएको हो । बन्द सत्रमा पार्टीको दस्तावेज, नीति कार्यक्रम प्रस्तुत गरिने छ ।

महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि ३० गते निर्वाचन सत्र सुरु हुने छ । २०१ सदस्य केन्द्रीय नयाँ केन्द्रीय समिति चयन गर्ने छ । हाल विधान अनुसार १५१ सदस्य केन्द्रीय समिति गर्ने प्रावधान छ । तर, विधान संशोधनको प्रस्ताव दर्ता भएकाले पारित भएर केन्द्रीय समिति २०१ सदस्यको बनाइने छ । त्यस अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत २०१ सदस्य चयन गर्ने तयारी छ । महाधिवेशनले अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गर्नेछ ।

सात सचिवमा भने प्रादेशिक क्लस्टरका आधारमा हुने जसपा नेपालले जनाएको छ ।

केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव पुनः दोहोरिने सम्भावना छ । अन्य पदमा भने प्रतिष्पर्धा हुनेछ । २०६३ मा मधेशी जनअधिकार फोरम गठन भएदेखि नेतृत्वमा रहेका उपेन्द्रले यसपालि पहिलो पटक महाधिवेशनको सामना गर्न लागेका छन्।