१४ असार २०८१, बिहीबार
Follow Us

क्याप्टेन पन्तको निलम्बन फुकुवा

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०८१, मंगलवार १३:३९

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका क्याप्टेन भावना पन्तको उडान निलम्बन फुकुवा गरेको छ ।

नेवानिको न्यारो बडी जहाज ‘ए३२०–२००’ उडाउने क्याप्टेन पन्तलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले २१ जेठमा प्राधिकरणले ‘एक्टिभ ड्युटी’ बाट हटाएको थियो ।

त्रिभुवन विमानस्थलको संवेदनशील क्षेत्रमा अन्तर्वार्ता दिएको भन्दै पन्तविरुद्ध प्राधिकरणमा उजुरी दर्ता भएको थियो । उजुरीबारे छानबिन गर्दा पन्तले विमानस्थल व्यवस्थापनको पूर्वस्वीकृतिमा अन्तर्वार्ता दिएको पुष्टि भएको थियो । त्यसपछि उनको निलम्बन फुकुवा गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

त्यसैगरी पन्तसँगै कारबाहीमा परेका नेवानिका वरिष्ठ क्याप्टेन विजय लामाको निलम्बन भने जारी छ । लामाले वाइड बडी जहाज ‘एयरबस ३३०–२००’ जहाज उडाउँछन् ।