५ असार २०८१, मंगलवार
Follow Us

जर्मनीको युरोकपमा विजयी शुरुवात

नेपालब्रिटेन संवाददाता
२ असार २०८१, शनिबार ०५:४३

काठमाडौँ । जर्मनीले युरो कपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न युरोकप २०२४ को उद्घाटन खेलमा जर्मनीले स्कटल्याण्डलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

जर्मनीका लागि फ्लोरियन विर्त्ज, जमाल मुसिआला, काइ हाभेर्ट, निकलस फुल्करग र एम्री क्यानले एक एक गोल गरेका थिए । त्यस्तै स्कटल्याण्डका लागि एक गोल जर्मनीका एन्टोनियो रुडीगेरले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै यस खेलमा स्कटल्याण्डका रियान पोर्टेओउसले खेलको ४४औ मिनेटमा रातो कार्ड पाएपछि स्कटल्याण्ड १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि समुह ए मा रहेको जर्मनीले ३ अंक हासिल गरेको छ ।

युरोकप अन्तर्गत आज साँझ ६: ४५ बजेदेखि हंगेरी र स्वीट्जरल्याण्ड खेल्दै छन् भने राती ९: ४५ बजेदेखि स्पेन र क्रोसिया खेल्दै छन् । त्यस्तै आज राति १२ : ४५ बजेदेखि इटाली र अल्बानिया खेल्दै छन् ।