५ असार २०८१, मंगलवार
Follow Us

बजेटप्रति ओलीको असन्तुष्टि: खुला छलफल गर्न सांसदहरुलाई निर्देशन

नेपालब्रिटेन संवाददाता
२ असार २०८१, शनिबार १४:१९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे फेरि असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै ओलीले उनले बजेटबारे असन्तुष्टि जनाउदै बजेट बारे अलिक खुला छलफल गर्न सांसदहरुलाई निर्देशन दिएका हुन् ।

उनले भने,‘यो बजेटमा एक-दुई जनाको मुख हेरेर, अनि हामी सरकारमा छौं भन्दैमा अनि गरिबतिर देश गएपनि के भयो र ? हामी सरकारमा छँदैछौं भनेर हुन्छ ? त्यही चिज हुँदैन भने अनि सन्तोष कसरी मान्ने ? हामीले नै चलाइरहेको मन्त्रालयको कस्तो छ स्थिति ? त्यसमा कस्तो छ बजेटको विनियोजन ? त्यो पनि अलिकति हेर्नुपर्ने हुन्छ ।’

उनले आफूहरु स्वार्थको थैलो भर्नको लागि सत्तामा नभएको पनि जिकिर गरे । उनले अर्को प्रसंगमा प्रतिक्रियावादीहरुले पार्टीको बारेमा नयाँ नयाँ हमला गरेको र अकल्पनीय कुरा सिर्जना गरेको आरोप लगाए । उनले भने,‘आज विहानमात्रै मैले एउटा मिडियामा देखेको थिएँ, केपी ओलीले ५ अर्ब खाईसक्यो, निलिसक्यो कि मुखमा मात्रै हाल्या छ कि ? तर, ५ अर्ब केपी ओलीले खायो, खाने भयो भनेर ।’

ओलीले भ्रमको जालो फिजाएर एमालेप्रतिको विश्वास कसरी हटाउन सकिन्छ भनेर एकथरी लागिरहेको बताए ।