९ भाद्र २०८३, मंगलवार
Follow Us

निर्मल पूर्जाको अन्त्येष्टि समारोहमा पूर्वउपसभामुख रानामगर सहभागी हुने

नेपालब्रिटेन संवाददाता
८ भाद्र २०८३, सोमबार ०५:१७

लण्डन । पूर्वउपसभामुख एवं प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगर बेलायत आउने भएकी छन्। कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा (निम्सदाइ) को अन्त्येष्टि समारोहमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रानामगर सोमबार लण्डन आइपुग्ने भएकी हुन्।

पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी मृत्यु भएका पूर्वगोर्खा सैनिक पूर्जाको अन्त्येष्टि समारोह यही २६ अगस्टमा दक्षिणपश्चिम इंग्ल्याण्डको ब्लान्डफोर्ड फोरमस्थित मिल्टन एबीमा हुँदैछ।

बेलायतको गैरआवासीय नेपाली नागरिकता लिएका पूर्जाको अन्त्येष्टि बेलायतमै हुन लागेको हो। उनको अन्त्येष्टिमा सहभागी हुन सांसद एवं पर्वतारोही डा. डेभिड मिङ्मा शेर्पा पनि सोमबार नै बेलायत आउने भएका छन्।

यसअघि प्रतिनिधिसभामा निर्मल पूर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न मागसमेत उठेको थियो।

धेरै पढिएको