लण्डन । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल बेलायत आएका छन् ।
लम्साल अन्तर्राष्ट्रिय पत्रकार महासंघ (इन्टरनेश्नल फेडेरेसन अफ जोर्रनालिस्ट) को सोमवारबाट लण्डनमा सुरु हुने विश्व सम्मेलनमा भाग लिन लण्डन उत्रेका हुन् ।
लम्साल आइतवार लण्डनस्थित हित्रो विमानस्थलमा आईपुग्दा नेपाल प्रेस युनियन बेलायत शाखाका अध्यक्ष विपिन निरौलाले स्वागत गरेका थिए ।
लम्सालले आईएफजेको सम्मेलनलाई आफुले निकै महत्वपूर्ण अवसरको रुपमा लिएको र नेपाली पत्रकारका हक र अधिकारको विषयमा सम्मेलनमा आवाज उठाउने बताए ।
लम्साल एक साता वेलायत रहने बताएको छ । आईएफजे १९२५ मा स्थापित, यो पत्रकारहरूको संसारको सबैभन्दा ठूलो संगठन हो । १४० भन्दा बढी देशहरूमा १८७ युनियन र संघहरूमा ६००,००० मिडियाहरु आबद्ध छन् ।