३० माघ २०८१, बुधबार
Follow Us

गाईलाई ठक्कर दिने बेलायती प्रहरी अफिसर कारवाहीमा

नेपालब्रिटेन डट कम्
३ असार २०८१, आईतवार १९:४८

लण्डन । बेलायतको सडकमा हिंडिरहेको एउटा गाईलाई ठक्कर दिएको अभियोगमा प्रहरी जवान कार्यवाहीमा परेका छन् ।

सरेस्थित एक सडकमा कुदि रहेकोे गाईलाई ठक्कर दिएर नियन्त्रणमा लिने प्रहरी चालकलाई फ्रन्टलाइन ड्युटीबाट हटाइएको छ ।

सरे प्रहरीले घटनाको आन्तरिक अनुसन्धान थालेको छ ।

१० महिनाको बाच्छो समेत रहेको सो गाईलाई नियन्त्रणमा लिन प्रहरी प्रयोग गरेको तरिकाको सामाजिक सञ्जालमा आलोचना भएको छ।

बेउ लुसी नामको गाई स्टेन्सबाट भागेपछि रैले रोड, फेल्थममा प्रहरीको कारले दुई पटक ठक्कर दिएपछि आलोचना भएको थियो ।

प्रहरीले सार्वजनिक सुरक्षाको चिन्ताका कारण सो गाईलाई रोक्न कार प्रयोग गर्ने निर्णय गरेको जनाएको छ।