१३ असार २०८१, बुधबार
Follow Us

‘आँखालाई माया गर्नुहोस्’ बाल क्रियाकलाप पुस्तिका लोकार्पण

नेपालब्रिटेन संवाददाता
५ असार २०८१, मंगलवार १३:५०

नेपालका लागि अष्ट्रेलियाली राजदूत महामहिम् फेलिसिटी भोल्क र तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गद्वारा “आँखालाई माया गर्नुहोस्” नामक बालबालिका लक्षित आँखा स्वास्थ्य प्रवर्धन गर्ने जनचेतनामुलक पुस्तिका लोकार्पण गरिएकोे छ ।

अष्ट्रेलियाली दूतावासको प्रायोजनमा अष्ट्रेलियाली सामाजिक उद्यमी तथा रोटरियन सान्ड्रा फिडेल्डीको परिकल्पनामा रिलेटिभ नेपालका विज्ञ मिथिला कलाकारहरूको कलाद्वारा तयार यस पुस्तिका तिलगंगा आँखा प्रतिष्ठानको बाल आँखा उपचार विभागमा उपलब्ध हुनेछ ।

एक हजार प्रति प्रकाशन गरिएको बाल पुस्तिकाबाट उपचारका क्रममा आफ्नो पालो पर्खिरहेका बालबालिकाले स्वर्गीय डा. फ्रेड होलोज र डा.सन्दुक रुइतबीचको मित्रताको बारे समेत जान्न पाउँने भएका छन् । दुतावास, तिलगंगा आँखा प्रतिष्ठान र आफन्त नेपालको सहकार्यले परम्परागत कलामार्फत आँखा स्वास्थ्य सचेतना र आदिवासी साँस्कृतिक कलाको प्रवर्धन गर्ने अपेक्षा राखिएको छ ।

नेपालका लागि अष्ट्रेलियाली राजदुत भोल्कका अनुसार सन् १९९० को दशकको प्रारम्भदेखि नै स्वर्गीय डा. फ्रेड होलोज र डा.सन्दुक रुइतबीचको मित्रताको सम्झना गराउने यो पुस्तिकाले अस्ट्रेलिया र नेपालबीचको जन–जनताको सम्बन्धलाई प्रवद्र्धन गर्न सहयोग पु¥याउने आशा गरिएको छ । यस सिर्जनशील कार्यले कलाकारहरुको प्रतिनिधित्व गर्दै रिलेटिभ नेपालका कार्यकारी निर्देशक जयप्रकाश मण्डलले जनकपुरका मिथिला कलाकारहरुलाई निरन्तर सहयोग गरेकोमा TIO, FHF, अष्ट्रेलियन दूतावास र सान्ड्रालाई उनले धन्यवाद ज्ञापन गरेका थिए ।

त्यस्तै सान्ड्रा फिडेल्डेलीले निस्वार्थ रुपमा नेपाली बालबालिकाहरु, कलाकारहरु र स्वास्थ्यकर्मीहरुलाइ पु¥याएको सहयोगको प्रशंसा गर्दै उनले दुई देशका जनताको सुमधुर सम्बन्धको महत्वपूर्ण श्रोत भएकोमा कृतज्ञता व्यक्त गरेका थिए । कलाकारहरुको तर्फबाट आफन्त नेपालका कार्यकारी निर्देशक जय प्रकाश मण्डलले फ्रेड हलोज फाउण्डेशन, तिलगंगा आँखा प्रतिष्ठान, अष्टे«लियाली दुतावास र सान्ड्रालाई जनकपुरको मिथिला कलाकारहरुलाई सहयोग पु¥याएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

उनले भने, ‘यस्ता अवसरहरुले परम्परागत मिथिला मिथिला चित्रहरुलाई विश्वभरका दर्शकहरुमाझ पु¥याउन र त्यसलाई आयको श्रोतको रुपमा विकास गर्न मद्धत गर्नेछ ।’ त्यस्तै, तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गले किताब प्रकाशनका लागि अष्टे«लीयाली दुतावास, आफन्त नेपाल र सान्ड्रा फिल्डेलीलाई धन्यवाद व्यक्त गरेकी थिइन ।