१० चैत्र २०८१, सोमबार
Follow Us

सहकारी ठगी प्रकरणबारे छलफलमा जुट्यो संसदीय छानबिन समिति

नेपालब्रिटेन संवाददाता
५ असार २०८१, मंगलवार १३:५०

काठमाडौँ । सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक बसेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा अहिले बैठक बसिरहेको छ ।

आइतबार बसेको बैठकले कार्यादेश निर्माणका लागि गठित समितिका सदस्यहरूसँग समेत छलफल गरी कार्यविधि तयार पारेको थियो ।

नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा संलग्न रहेको आरोप लगाएपछि एमाले सांसद सूर्य थापाको नेतृत्वमा समिति गठन गरिएको थियो । जेठ १५ मा गठित कार्यदललाई अध्ययन प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ ।