१४ असार २०८१, बिहीबार
Follow Us

नेपाल धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्तामा तीनै जना अनुपस्थित

नेपालब्रिटेन संवाददाता
६ असार २०८१, बुधबार ०५:५२

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका तीन जना उम्मेदवारलाई बुधवारका लागि कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाइए पनि उनीहरू फेरि अनुपस्थित भएका छन् । ९ बजे बोलाइएको अन्तर्वार्तामा तीनै जना अनुपस्थित भएको स्रोतले जनाएको छ ।

अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनालाई यसअघि आइतबार कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । आइतबार २ जना मात्रै उपस्थिति भए, बाँकी ३ जना अनुपस्थित भएपछि बुधबार ९ बजेका लागि फेरि बोलाइएको थियो ।

सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले आइतबार कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका दिएका थिए । सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईँ अनुपस्थित भएका हुन् ।