१४ असार २०८१, बिहीबार
Follow Us

‘मायाका रंगहरु’ मा अभिनेता मनिषको इन्ट्री

नेपालब्रिटेन संवाददाता
६ असार २०८१, बुधबार १३:३४

काठमाडौँ । केवल तामाङको निर्देशनमा बन्न लागेको फिल्म ‘मायाका रंगहरु’ मा ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउतको इन्ट्री भएको छ । पल शाहको मुख्य भूमिका रहने यस फिल्ममा मनिष भिलेनको भूमिकामा रहेने बताइएको छ ।

‘प्रेमगीत ३’मा पनि उनी नकारात्मक भूमिकामा नै थिए । यो उनको डेब्यु फिल्म थियो । फिल्ममा अभिनेता पल शाहसहित सुनिल थापा, पदम तामाङ, बुद्धि तामाङ जस्ता कलाकारहरुको टुंगो लागि सकेको छ भने अभिनेत्रीको टुंगो भने अझै लागेको छेन ।

त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको फिल्मको निर्माता आरबी थाङ्देन हुन् भने सह-निर्मातामा जनिश न्यौपाने र दीपेन्द्र चिलवाल छन् । पुनम तामाङको प्रस्तुति रहेको फिल्मको कथा शेखर ज्ञवालीले लेखेका छन् भने सौरभ लामाको छायांकन, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत तथा रामजी लामिछाने, सुष्मा सोनम र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।