१४ असार २०८१, बिहीबार
Follow Us

संसद्का कर्मचारीको आन्दोलनबारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

नेपालब्रिटेन संवाददाता
७ असार २०८१, बिहीबार ०९:५८

काठमाडौँ । सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबिच संघीय संसद्का कर्मचारीको माग र आन्दोलनबारे भएको छलफल विना निष्कर्ष सकिएको छ ।

सभामुख देवराज घिमिरेको निवासमा बिहीबार भएको छलफल बिना निष्कर्ष सकिएको हो ।

यसअघि कर्मचारी आन्दोलनबारे सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग समेत छलफल गरेका थिए । संसद्का कर्मचारीहरू अतिरिक्त कामको थप सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनरत छन् । उनीहरूले बुधबार र बिहीबार ५ बजेपछि संसद चल्दा ब्ल्याक आउट गर्दै आएका छन् ।