२१ आश्विन २०८३, बुधबार
Follow Us

प्रधानसेनापति सिग्देल र बेलायती सेना प्रमुखबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
२१ आश्विन २०८३, बुधबार १५:२३

काठमाडौं । बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देलले बुधबार बेलायती सेनाका प्रमुख (चिफ अफ द जनरल स्टाफ) सर रोली वाकरसँग भेटवार्ता गरेका छन् ।

सर वाकरको मैत्रीपूर्ण निमन्त्रणामा साताव्यापी औपचारिक भ्रमणका लागि प्रधान सेनापति सिग्देल गत सोमबार बेलायत प्रस्थान गरेका थिए ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारी अनुसार प्रधान सेनापति सिग्देल र बेलायती सेनाका चिफ अफ द जनरल स्टाफबीच आज भएको भेटमा आपसी हित र नेपाल बेलायत सैनिक सम्बन्धका बारेमा कुराकानी भएको जनाइएको छ ।

साथै, यस भ्रमणका क्रममा उनले हिजो पनि विभिन्न उच्च सैनिक अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

धेरै पढिएको