१५ असार २०८१, शुक्रबार
Follow Us

प्रवासी मञ्च अष्ट्रीयाको अध्यक्षमा बाबा राजेश्वरी थापा

नेपालब्रिटेन डट कम्
१० असार २०८१, आईतवार २२:१५

भियना । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च अष्ट्रीयाको अध्यक्षमा बाबा राजेश्वरी थापा सर्वसम्मत भएकी छन् ।

थापालाई आईतबार भियनामा सम्पन्न मञ्चको सातौ अधिवेशनले थापालाई अध्यक्ष चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा दिनेश बैदवार क्षेत्री, सचिवमा कृष्ण कुमार श्रेष्ठ तथा सदस्यहरुमा कृष्ण दत्त भट्ट (केडी) आर्थिक बिभाग प्रमुख अनिता श्रेष्ठ, भावना प्रसाई तथा एलिजा श्रेष्ठ सहितको नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

अधिवेशनमा प्रमुख अतिथिको रूपमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष संजय थापाले देशको बिध्यमान परिस्थिती र प्रवासी नेपालीहरुको जिम्मेवारी बारे आफ्नो धारणा राखे ।

उनले अष्ट्रीया राष्ट्रीय कमिटी सानो र थोरै सदस्य भएता पनि यसले बिगत केही बर्षमा उलेख्य काम गरेकोमा खुसी समेत ब्यक्त गरे ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ केन्द्रका उपाध्यक्ष रामशरण सिमखडाले महाधिवेसनको सफलताको लागि शुभकामना दिए ।

अधिवेसनको समुद्घाटन शत्रमा नेपाली दुताबास अष्ट्रीयाका प्रथम सचिब अनिल लम्सालले प्रवासी नेपाली मंन्च अन्तराष्ट्रीय कमिटी सदस्य तथा अष्ट्रीया ईन्चार्ज सरस्वती केसी, अर्का केन्द्रीय सदस्य कल्पना त्रिपाठी, एनआरएन अष्ट्रीया अध्यक्ष ध्रुव पौडेल, आईसीसी सदस्य मनोज बिष्ट, जनजाती महासंघ अष्ट्रीया अध्यक्ष मुक्त गुरुङ, समाजसेवि एवं व्यबसायी बुद्धी तामाङ, ईनास अष्ट्रीयाका अध्यक्ष कुमार अधिकारीले शुभकामना मन्तव्य दिए ।

बिगत ३५ बर्ष देखी समाजलाई बिशिष्ट योगदान दिएका सामाजिक अभियन्ता राम बहादुर बिश्वकर्मालाई सम्मान गरिएको थियो ।