१५ असार २०८१, शुक्रबार
Follow Us

“गाउ आएको बाटो” बेलायतमा प्रीमियर हुदै

नेपालब्रिटेन डट कम्
१२ असार २०८१, मंगलवार ००:०५

सुरेन्द्र इङ्नाम । लण्डन । गोर्खा वरियर्सले यहि आउदो जून २९ २०२४ को दिन सिने वर्ल्ड अल्डर्शटमा “गाउ आएको बाटो” अभिनेता दाँयाहाङ्गको साथमा ग्राण्ड प्रिमियर गर्ने भएको छ ।

बासुरी फिल्मको ब्यानर र नबिन सुब्बा द्वारा निर्देशित नेपालको पुर्बि किरात बस्तिको राई समुदायको कथा वस्तु बोकेको यस चलचित्रको मुख्य भूमिकाको पात्रमा दयाहाङ् पशुपति राई र बालकलाकार प्रशन राई रहेका छन ।

निर्देशक सुब्बाले आफ्नो करियर थिएटर आर्टिस्ट बाट सुरु गरेका हुन । सन १९८८ मा रोयल नेपाल एकेडमी बाट सर्बोक्रिष्ट अभिनय बाट सम्मान पाएका हुन । उन्ले नुमाफुङ्, गूड्बाई काठमाण्डू लगाय गर्जनौ कथा र निर्देशन् गरिसकेका छन । नुमाफुङ् लिम्बु समुदायको कथावस्तु समेटिएको थियो र जस्ले दर्शकहरुको अपार माँया पाएको थियो । यस पटक राई समुदायको कथावस्तु प्रस्तुत गरेका छन । यस चलचित्र बेलायतमा २९ जुनामा सिनेवर्ल्ड अल्डर्शट र ३० तारिख पिक्चर हाउस आश्फोर्डमा हुने २/२ सोहरु हुनेछन । आशफोर्डको सो हाउस फुल भैसकेको छ भने अल्डरशटको टिकट ९५ प्तिशतले बिक्री भैसकेको छ ।

सन २०१५ मा “गोर्खा वारीयर्स” बेलायतमा दर्ता गरेर आज सम्म विभिन्न ठुला ठुला साङ्गेतिक साँझ, अभिनेता र अभिनेत्री हरुको साथमा चलचित्र प्रदर्शन गरिसकेका छन । केहि वर्ष अगाडी गोर्खा वारीयर्स सिनेमाको नाम यहि संस्थाको प्रभावमा बनेको अनुमान प्रष्ट देखिन्छ ।

यस चलचित्रले बाबु-छोराको प्रेम, छोराको टिभी हेर्ने रहरलाई पूरा गर्नका निम्ति एउटा बुबाले गरेको सङ्घर्ष र गाउँको सङ्घर्ष देखाएको छ। एउटा नागरिकले सीप हुँदा हुँदै पनि गाउँ बजारमा आएको अत्याधुनिक सामग्रीहरुले आफ्नो बस्तु बेच्न सक्दैन र त्यो सीपलाई संवर्द्धन गर्न राज्यले कसरी सक्दैन भनेर यस चलचित्रले देखाएको छ। अन्तिममा, ‘टिभी चाहिँदैन, बाबा घर आऊ’ भन्ने सन्देशले बस्तु होइन, व्यक्ति महत्त्वपूर्ण छ भन्ने देखाएको छ।

निर्देशक, कलाकारले राम्रो अभिनय गरेका छन । बाल कलाकारले झन् राम्रो अभिनय गरेको छ। कसैले गाउँ छोड्न नपरोस्, देश छोड्न नपरोस् आफ्नो कच्चा पदार्थ र सामग्रीहरुलाई राज्यले र जनताले प्रयोग गरौ जगेर्णा र सम्बर्दनको शुरुवात आफै हुन थाल्नेछ ।