१५ असार २०८१, शुक्रबार
Follow Us

झापामा चट्याङ लागेर दुईको मृत्यु

नेपालब्रिटेन संवाददाता
१२ असार २०८१, मंगलवार ०६:२२

झापा । झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान दुई स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले जानकारी दिएका छन ।

मृत्यु हुनेहरुमा झापाको कमल गाउँपालिका–२ समाइगढ बस्ने ४६ वर्षीय राजन खड्का र गौरीगंज गाउँपालिका– ३ ठेकिटोलामा ४२ वर्षीय लिला भन्ने विकास गिरी रहेको उनले जानकारी दिएका छन ।

खड्कालाई बिहान करिब ७ बजे चट्याङले लागेको हो। घरबाट खेत जानेक्रममा चट्याङ लागेर घाइते भएका उनलाई आम्दा अस्पताल दमक पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै बिहान पौने ९ बजे गिरीलाई चट्याङले लागेको थियो। वडा नम्बर ८ बस्ने उनलाई ठेकिटोलामा सिताराम दाहालको खेतबारीमा धानको बिउ उखार्ने क्रममा चट्याङले लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको डिएसपी कृष्ण चन्दले जानकारी दिएका छन । दुबै घटनामा आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।