६ श्रावण २०८१, आईतवार
Follow Us

अत्यधिक मदिरा सेवन गरेका गायक राईलाई विमानले फर्कायो

नेपालब्रिटेन संवाददाता
१४ असार २०८१, बिहीबार १३:४३

काठमाडौं । गायक राजेशपायल राईलाई मदिरा सेवन गरेको भन्दै उड्न लागेको विमानबाट झारिदिएको छ ।

फ्लाई दुबईको पूर्वनिर्धारित आज दिउँसो १२ बजे उडानबाट दुबई जान लागेका गायक राईले अत्यधिक मदिरा सेवन गरेको पाइएपछि अर्को उडानमा जान भन्दै झारेको विमानस्थल स्रोतले जनाएको छ ।

अब उनी केहि समयपछि अर्को उडानमा त्यसतर्फ जाने बताइएको छ । गायक राई मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा केही समयअघि पक्राउ समेत परेका थिए ।