१७ असार २०८१, आईतवार
Follow Us

कक्षा ११ मा छात्रवृत्तिका लागि महानगरले खुलायो आवेदन

नेपालब्रिटेन संवाददाता
१५ असार २०८१, शुक्रबार ०५:०५

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई आवेदन दिन आग्रह गरेको छ।

११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि यही असार १५ गतेदेखि आवेदन खुला गरिने महानगरपालिकाले जनाएको छ । आवेदन असार २९ गतेसम्म अनलाइनबाटै भर्न सकिनेछ । आवेदन दिएका छात्रछात्राको परीक्षा साउन ४ गते लिने कार्यतालिका महानगरले सार्वजनिक गरेको छ ।

परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहु वैक्ल्पिक वस्तुगत प्रश्न हुनेछन् । विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र भने महानगरले यसपछि सार्वजनिक गर्ने जनाएको छ ।