१९ असार २०८१, मंगलवार
Follow Us

कृषि मन्त्रालय अगाडि कर्मचारीहरूको धर्ना

नेपालब्रिटेन संवाददाता
१७ असार २०८१, आईतवार ०६:५५

काठमाडौँ । कृषि क्षेत्रमा फाजिलमा रहेका कर्मचारीहरूले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा धर्ना दिएका छन् । उनीहरूले आइतबार बिहानै मन्त्रालय अगाडि धर्ना दिएका हुन्

कृषि मन्त्रालयमा समायोजन भएका कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएको भन्दै यसअघि मन्त्रालयका सचिव (कृषि विकास) डा. दीपककुमार खराललाई सामूहिक बिदा बुझाएका थिए । विगत १७ वर्षदेखि काम गरेका कर्मचारीको बढुवा नभएको र अब पनि बढुवा हुने सम्भावना नरहेकोले आन्दोलनमा जानुको विकल्प नदेखेको एक कर्मचारीले बताए ।

२०७५ मन्त्रालयमा रा.प.प्र. प्राविधिक कृषितर्फ दरबन्दीमा २२ र पुलमा ५ जना गरी २७ जना, रा.प.द्वि. प्राविधिक कृषितर्फ दरबन्दीमा ८१ र पुलमा १०१ गरी १८२ जना, रा.प.तृ. प्राविधिक कृषितर्फ दरबन्दीमा १७३ र पुलमा १२७ गरी ३०० जना कर्मचारी समायोजन भएका थिए । समायोजन भएका मध्ये केही कर्मचारी वृत्ति विकास बिनै अवकाशमा गएका छन् ।