१९ असार २०८१, मंगलवार
Follow Us

यस्तो छ, नेपाल पत्रकार महासंघ यूकेको निर्वाचन तालिका

नेपालब्रिटेन डट कम्
१७ असार २०८१, आईतवार १९:४१

लण्डन । जुलाई १४ तारिख हुने नेपाल पत्रकार महासंघ यूके शाखाको निर्वाचनको लागि निर्वाचन तालिका प्रकाशन गरिएको छ । निर्वाचन समितिका संयोजक नरेश खपांगी मगरका अनुसार शाखाको नयां नेतत्वको लागि मनोनयन दर्ता विहान ६ बजे देखि साँझ ५ बजे सम्म हुने भएको छ ।

 

नेपाल पत्रकार महासंघ युके शाखा
छैटौँ अधिवेसन, निर्वाचन नियमावली २०२४
प्रकाशन मिति ३० जुन २०२४

१. निर्वाचन समितिले नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौँ संशोधन २०७५), वैदेशिक शाखासम्बन्धी नियमावली २०७१, नेपाल पत्रकार महासंघ युके शाखा निर्वाचन नियमावली २०२४ अनुसार र प्रचलित सर्वमान्य मान्यताको सिद्धान्तको आधारमा निर्वाचन समितिले निस्पक्ष र तटस्थ रही नयाँ कार्यसमिति चयन गराउने छ ।

२. निर्वाचनको व्यवस्थापन गर्न, नियमावली तयार गर्न, परिमार्जन गर्न, कार्यतालिका बनाउन र फेरबदल गर्न परे त्यस्तो फेरबदल गर्ने अधिकार निर्वाचन समितिलाई रहने छ ।

३. निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन तालिकाभित्र रही निर्वाचन कार्य सम्पन्न हुनेछ ।

४. नेपाल पत्रकार महासंघ बेलायत शाखाका सदस्यहरुले निर्वाचनमा मत दिन र उम्मेदवार बन्न सक्नेछन् । अध्यक्ष पदमा उम्मेदवारी दिन भने नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको विधान तथा वैदेशिक शाखा नियमावली बमोजिमको योग्यता पुगेको हुनुपर्नेछ ।

५. उम्मेदवार हुनका लागि अन्तिम मतदाता नामावलीमा नाम रहेका सदस्यहरु मध्येबाट तोकिएको उम्मेदवारी शुल्क तिरेर निर्वाचन समितिले तोकेको इमेल [email protected] मा दिइएको समयावधिभित्र उम्मेदवार स्वयमले मनोनयन दर्ता गराउनु पर्नेछ ।

६. उम्मेदवारी दर्ता गर्दा उम्मेदवारी शुल्क बुझाएको प्रमाण पेश गर्नु पर्नेछ । उम्मेदवारी शुल्क एफएनजे युकेको बैँक खाता Federation of Nepalese Journalists UK, Sort Code 20-16-99 A/C 13299961 Barclays Bank मा जम्मा गर्नुपर्ने छ । उम्मेदवारी शुल्क प्राप्त नभएको उम्मेदवारी दर्ता हुने छैन । तोकिएको समयावधिभित्र उम्मेदवारी फिर्ता लिने उम्मेदवारको उम्मेदवारी शुल्क फिर्ता हुनेछ । उम्मेदवारी फिर्ता उम्मेदवार स्वयमले लिखितरूपमा लिनुपर्नेछ ।

७. कुनै पनि उम्मेदवारीमाथि दावी, विरोध गर्न चाहनेले तोकिएको मिति र समयभित्र प्रमाणसहित [email protected] मा निवेदन दर्ता गराउनु पर्नेछ ।

८. कुनै पनि उम्मेदवारको योग्यता नपुगेको प्रमाणित भएमा निर्वाचन समितिले त्यस्ता उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्ने छ ।

९. निर्वाचन प्रयोजनका लागि निर्वाचन प्रमुख आयुक्तको सक्कल दस्तखत भएको, पर्याप्त सुरक्षा संकेतसहितको मतपत्र जारी गरिनेछ ।

१०. मतपत्रमा उम्मेदवारको नाम र चिनो लगाउने बाकस रहनेछ । उक्त बाकसभित्र अर्को उम्मेदवारको बाकसमा नछुने गरी टिक वा क्रस लगाएको हुनुपर्नेछ । मतदान सम्बन्धी थपविवरण मतदानका दिन जानकारी दिइनेछ ।

११. मतपत्रभित्र मतपत्रबाहेक कुनै पनि वस्तु राखिएको पाइएमा सो मतपत्र खारेज हुनेछ ।

१२. मतदानमा मतपेटिका खुला ठाउँमा राखिने छ । तर मतदान गोप्य रुपमा गर्नु पर्ने छ र मतपेटिकामा खसाउनु पर्ने छ।

१३. मतदानका लागि तोकिएको समय सकिएपछि मतपेटिका सिल गरिनेछ र उम्मेदवार वा निजका प्रतिनिधिको रोहबरमा सिलबन्दी गराइने छ।

१४. उम्मेदवार वा निजको वारेसको रोहवरमा सिलबन्दी मतपेटीका खोली मतगणना आरम्भ गरिनेछ ।

१५. एक मतदातालाई एउटा मात्र मतपत्र दिइनेछ । त्यो मतपत्र केरमेट गरे, च्यातिए वा हराए सोको जवाफदेही निर्वाचन समिति हुने छैन ।

१६. मतगणना समाप्तिपछि मुचुल्का उठाइ उम्मेदवार वा निजका प्रतिनिधिको दस्तखत गराइसके पछि मतदानको विधिवत नतिजा घोषणा गरिनेछ ।

१७. निर्वाचन प्रचारका क्रममा व्यक्तिगत गालीबेइज्जती, अनावश्यक प्रचार सामग्री बनाउने, सोसल मिडिया वा मिडियाबाट सचित्र प्रचारप्रसार गराउने कार्य पूर्ण रुपमा निषेध गरिएको छ ।

१८. मतदान गर्न मतदाता स्वयं परिचय खुल्ने तस्वीरसहितको परिचयपत्रका साथ उपस्थित हुनुपर्नेछ ।

१९. निर्वाचन हुने पद र उम्मेदवारी दर्ता शुल्क निम्न अनुसार रहनेछ ।

क्रस पद संख्या शुल्क पाउण्डमा कैफियत
१ अध्यक्ष १ – १५०
२ वरिष्ठ उपाध्यक्ष १ – १२५
३ उपाध्यक्ष (महिला) १ – १२५
४ उपाध्यक्ष (खुला) १ – १२५
५ महासचिव १ – १२५
६ सचिव २ – १००
७ कोषाध्यक्ष १ – १००
८ सहकोषाध्यक्ष १ – १००
९ सदस्यहरु ६ – ७५

२०. छैटौँ अधिवेसनको निर्वाचन तालिका

नेपाल पत्रकार महासंघ युके शाखाको यही १४ जुलाई २०२४ का दिन हुन गइरहेको छैटौँ अधिवेसनबाट नयाँ नेतृत्व चयनका लागि निम्नानुसारको कार्यक्रम तय भएको हुँदा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

निर्वाचन कार्यक्रम

क्रसं कार्यक्रम मिति र समय कहाँ/कसरी
१. मतदाता नामावली प्रकाशन ३० जुन fnjuk.org मा
२. मतदाता नामावली सच्याउने १ जुलाई बेलुकी १० बजे सम्म इमेलबाट
३. अन्तिम मतदाता नामावली प्रकाशन २ जुलाई बिहान १० बजे fnjuk.org मा
४. उम्मेदवारी मनोनयन ६ जुलाई बिहान १० बजेदेखि साँझ ५ बजेसम्म इमेलमार्फत
५. उम्मेदवारको प्रथम नामावली प्रकाशन ६ जुलाई साँझ ८ बजे fnjuk.org मा
६. उम्मेदवारीमाथि दाबीविरोध र फिर्ता लिने १० जुलाई दिउँसो १२ बजेसम्म इमेलमार्फत

७. उम्मेदवारको अन्तिम नामावली प्रकाशन ११ जुलाई बिहान १० बजे fnjuk.org मा

८. मतदान १४ जुलाई बिहान १०-३ बजेसम्म 119 Wren Way, Farnborough GU14 8XJ
९. मतगणना, परिणाम घोषणा, प्रमाणपत्र वितरण र सपथ १४ जुलाई

२१. निर्वाचनसम्बन्धी जुनसुकै विषयमा विवाद र अस्पष्टता सम्बन्धमा निर्वाचन समितिको निर्णय नै अन्तिम निर्णय हुने छ । निर्वाचन समितिभित्र पनि राय बाझिएमा प्रमुख निर्वाचन आयुक्तले दिएको निर्णय नै अन्तिम हुनेछ ।

२२. निर्वाचन प्रयोजनका लागि [email protected] मा इमेल गरी थप जानकारी लिन सकिने छ ।

२३. निर्वाचनसम्बन्धी कुनै पनि विषयमा बुझ्न परेमा प्रमुख निर्वाचन आयुक्तलाई 074 1155 8732 मा सम्पर्क गर्न सकिने छ ।

२४. निर्वाचन सम्बन्धी सम्पूर्ण जानकारी नेपाल पत्रकार महासंघ युकेको वेभसाइट  www.fnjuk.org मा प्रकाशन गरिने छ ।

नरेश खपाङ्गीमगर

प्रमुख निर्वाचन आयुक्त

नेपाल पत्रकार महासंघ युके शाखा

निर्वाचन समिति २०२४

मिति ३० जुन २०२४