२३ असार २०८१, शनिबार
Follow Us

बेलायतमा आज आमनिर्वाचन, ६५० निर्वाचन क्षेत्रमा मतदान हुदैं

नेपालब्रिटेन संवाददाता
२१ असार २०८१, बिहीबार ०५:२४

लण्डन । बेलायतमा नयां सरकार गठनको लागि आज आम निर्वाचन हुदैछ । ६५० निर्वाचन क्षेत्रमा हुने मतदानमा डेढ दशकदेखि सत्तामा रहेको कन्जरभेटिभ दल र विपक्षी लेबर पार्टीबीच तिब्र प्रतिशप्रर्धा हुने देखिएको छ । स्कटिस नेसनल पार्टी, लिबरल डेमोक्र्याट, डेमोक्र्याटिक युनियनिस्ट पार्टी र ब्रेक्जिट यु रिफर्म पार्टी लगायतका दल निर्वाचनमा होमिएका छन् ।

इङ्गल्याण्ड, वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका मतदाता सहभागि हुने निर्वाचनमा शीर्ष पाँच दलहरूले सिट प्राप्त गर्ने अनुमान गरिएको छ । विहान ७ बजेदेखी राति १० बजे सम्म मतदान केन्द्रहरु खुल्ला रहने छन् भने निर्वाचन भैरहेको बेला राष्ट्रिय टेलिभिजनहरुलाई चुनावी समाचार प्रसारण गर्न प्रतिबन्ध लगाएकोछ ।

२०२२ अक्टोबरमा प्रधानमन्त्री बनेका प्रधानमन्त्री रिसी सुनकको पार्टी कन्जरभेटिमले यो निर्वाचनमा नराम्रो परिणाम प्राप्त गर्ने पछिल्ला सर्वेक्षणहरुले देखाएका छन् । सुनकलाई विपक्षी दलका नेता केयर स्टार्मरले कडा चुनौति दिने र भावि प्रधानमन्त्री उनै बन्ने आकलन गरिएको छ । निर्वाचनमा कर, स्वास्थ्य सेवा, अध्यायगमन, घरजग्गा, अपराध नियन्त्रण, ब्रेक्जिट र वातावरण परिवर्तनका मुद्दालाई प्रमुख अजेण्डना बनाइएको छ ।

बेलायतमा रहेका भूपूगोर्खा र सरकारबीचको जारी वार्ता, बेलायत नेपालबीचको व्यापार, बेलायती आर्थिक सहयोग लगायतका विषयमा आगामी सरकारले कस्तो नीति लिन्छ भन्ने विषय बेलायतस्थित गैरआवासीय नेपालीहरुको चासोको विषय बनेको छ । ४९ मिलियन मतदाता रहेको निर्वाचनको अन्तिम नजिता शुक्रवार विहान आउने बताइएको छ ।