२३ असार २०८१, शनिबार
Follow Us

आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष उप्रेती पक्राउ

नेपालब्रिटेन संवाददाता
२१ असार २०८१, बिहीबार ०५:२७

काठमाडौं । आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले बालाजुबाट पक्राउ गरेको छ । उप्रेतीलाई पक्राउ गरी प्रहरी वृत्त महाराजगञ्जमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “अध्यक्ष उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ, यस विषयमा विस्तृत आजसम्ममा भन्न सकिन्छ ।” सहकारी संस्थाको बचत रकम हिनामिना गरेको जाहेरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।