२५ असार २०८१, सोमबार
Follow Us

१४ वर्षपछि बेलायतमा लेबर पार्टीको उदय, सर केयर स्टार्मर प्रधानमन्त्री बन्ने

नेपालब्रिटेन संवाददाता
२२ असार २०८१, शुक्रबार ०४:५६

चिरन शर्मा

लन्डन । बेलायतमा विहीबार सम्पन्न आमनिर्वाचनमा विपक्षी दल लेबरले बहुमत प्राप्त गरेको छ । निर्वाचनमा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीले नराम्रो हारको परिणाम निकालेको छ । शुक्रवार बिहानसम्म जारी निर्वाचन परिणाम अनुसार लेबर पार्टीले ६५० सिट मध्ये ३७८ सिट जितेको छ ।

सर्वेक्षणहरुले ६५० संसदीय सीट मध्ये लेबर पार्टीले ४ सय भन्दा बढी जित्ने अनुमान गरिएको थियो । त्यस्तै प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टीले केवल जम्मा ९२ सिटमा जित हासिल गरेको छ । सुनकले आम चुनावमा कन्जरभेटिभ पार्टीको ऐतिहासिक पराजयको जिम्मेवारी स्वीकार गरेको बताएका छन् ।

निर्वाचनको अन्तिम परिणाम आजै आउने अपेक्षा गरिएको छ । लेबर पार्टीका नेता सर केयर स्टार्मर प्रधानमन्त्री बन्ने निश्चित भएको छ । विहिवार भएको निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको थियो ।

पछिल्लो परिणाम अनुसार स्कटिस नेसनल पार्टीले ७ सिट, लिबरल डेमोक्र्याट पार्टीले ५३ र अन्य पार्टीले २९ सिट जितेका छन् । मतगणना जारी छ ।