२० आश्विन २०८३, मंगलवार
Follow Us

गगन थापाले सभापतिका लागि गरे उम्मेदवारी दर्ता

नेपालब्रिटेन संवाददाता
२० आश्विन २०८३, मंगलवार १४:१६

काठमाडौं । कांग्रेस सभापति गगन थापाले पुन: सोही पदका लागि मनोनयन दर्ता गराएका छन् । थापाले मंगलबार साँझ ६ बजेतिर सभापतिमा उम्मेदवारी दर्ता गरेका हुन् ।

कांग्रेस नेतृत्वका लागि श्यामकृष्ण खड्गीले पनि उम्मेदवारी दिएका छन् । उनी काठमाडौं कांग्रेसका क्षेत्रीय नेता हुन् । 

कांग्रेसको १५औँ महाधिवेशनमा मनोनयन दर्ताको क्रम जारी छ । निर्वाचन समितिले साँझ ७ बजेसम्म मनोनयनको समय तोकेको छ। कांग्रेसको २९१ केन्द्रीय कार्यसमितिका लागि एक हजार जति उम्मेदवार मैदानमा खडा हुने देखिएको छ । 

निर्वाचन समितिका अनुसार हालसम्म महामन्त्री पदमा ११ जनाको उम्मेदवारी परेको छ । कांग्रेसको संशोधित विधान अनुसार एक महिलासहित तीन महामन्त्री निर्वाचित हुनेछन् ।

धेरै पढिएको