२५ असार २०८१, सोमबार
Follow Us

पिआरवाला अर्थका उपसचिवमाथि सतर्कताको छानबिन

नेपालब्रिटेन संवाददाता
२२ असार २०८१, शुक्रबार ०५:५४

काठमाडौँ । अर्थ मन्त्रालयका उपसचिव रामप्रसाद मैनालीले विदेशको पिआर लिएको भन्ने विषयमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन सुरू गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उजुरीसहित पत्राचार गरेपछि सतर्कता केन्द्रले छानबिन थालेको हो । प्रधानमन्त्री कार्यालयको निर्देशनात्मक पत्रपछि छानबिन थालेको सतर्कता केन्द्रले जनाएको छ । सतर्कता केन्द्रले यसबारे परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।

मैनाली सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका वरिष्ठ प्रशिक्षक(राजश्व)का रूपमा कार्यरत छन् । छानबिन गरेको भन्ने औपचारिक जानकारी नभएको उनले जानकारी दिए ।

‘मैले बेलायतबाट विद्यावारिधी गर्ने क्रममा पिआर लिएको थिए । पछि कर्मचारीले लिन नपाउने भएपछि त्याग गरेको हुँ,’ उनले भने, ‘छानबिन हुन लागेको भए सम्बन्धित निकायमा प्रमाण पेस गरौँला ।’

उनी अहिले पनि विदेश भ्रमणमा रहेको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले जनाएको छ । ‘हाजिर भएको एक-दुई दिनमै उहाँ गई हाल्नु भयो । उहाँ विदेश हुनुहुन्छ,’ केन्द्र स्रोतले भन्यो, ‘२० दिनको लागि भनेर जानु भएको छ ।’