२५ असार २०८१, सोमबार
Follow Us

प्रचलित कानुन विपरीत निलम्बन गरियो- डा. मुकुल ढकाल

नेपालब्रिटेन संवाददाता
२२ असार २०८१, शुक्रबार ११:०४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफुलाई स्पष्टीकरणको मौका नदिई निलम्बिन गरिएको आरोप लगाएका छन् ।

ढकाललाई बुधबार बसेको केन्द्रीय समितिको बैठकले सात दिनका लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निलम्बिन गरिएको थियो ।

ढकालले विधि पद्दति र लोकतान्त्रिक मुल्य मान्यता अनुसार आफुलाई गरिएको निलम्बनको प्रक्रिया नमिलेको बताउदै स्पष्टीकरणको जवाफ नै नपढी कारवाहि गरिनु दुराषयपूर्ण रहेको बताएका छन् ।

उनले भनेका छन्-

स्पष्टीकरणलाई दर्ता नै गर्न नदिएर , स्पष्टीकरण दिएन भन्ने भाष्य सिर्जना गर्न खोजियो । आज सोधिएको स्पष्टीकरणको अन्तिम म्याद हो र मैले स्पष्टीकरण १९ गते नै बुझाएको हो र दर्ता गर्न आग्रह गर्दा गर्दै दर्ता गर्न इन्कार गरियो । स्पष्टीकरण दर्ता गर्न नदिएपछि, कसरी स्पष्टीकरण दिनु ?

राजनीतिक दलसम्बन्धीको ऐनले स्पष्टीकरणको मौका नदिइ कारवाहि गर्न दिँदैन । तर राज्यको प्रचलित कानुन विपरीत मलाई निलम्बन गरियो । उपसभापतिलाई निलम्बन गर्ने अधिकार नभएको , र त्यस्तो अधिकार सभापतिबाट प्रत्यायोजन हुन पर्नेमा , त्यस्तो अधिकार प्रत्यायोजनका पत्र पनि सभापतिबाट प्राप्त भएको छैन । तथापि, राजनीतिक विषयमा यसरी विधि पद्दति धेरै केलाउनको साटो, राजनीतिक कारवाहि अनुरूप लिएको छु   । विधि पद्दति र लोकतान्त्रिक मुल्य मान्यता अनुसार मलाई गरिएको निलम्बनको प्रक्रिया मिलेको छैन । स्पष्टीकरणको जवाफ नै नपढी कारवाही गरिनु दुराषयपूर्ण छ , अलोकतान्त्रिक छ ।