१६ श्रावण २०८२, शुक्रबार
Follow Us

प्रहरीलाई थप्पड हान्ने वकिललाई कारबाही गर्न कर्मचारीको माग

नेपालब्रिटेन संवाददाता
२६ असार २०८१, मंगलवार १४:०८

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको गेटमा सुरक्षार्थ खटिएका प्रहरीमाथि हातपात गर्ने वकिललाई कडा कारबाही गर्न कर्मचारीले माग गरेका छन् ।

काठमाडौँ जिल्ला अदालतका कर्मचारी र त्यहाँ सुरक्षार्थ खटिएका कर्मचारीले कारबाहीको लागि संयुक्त ध्यानाकर्षण गराएका हुन् । केही दिनअघि अधिवक्ता नानी थापा भन्ने लक्ष्मी थापाले प्रहरी जवानलाई थप्पड हानेको आरोप छ ।

कर्मचारीले सीसीटीभी फुटेज हेरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन् । थापाविरुद्ध पीडित भनिएका प्रहरी जवानले जाहेरी दिइसकेका छन् ।

धेरै पढिएको