९ श्रावण २०८१, बुधबार
Follow Us

नाबालिगहरूलाई अवैध काम गराएको अभियोगमा दुईजना पक्राउ

नेपालब्रिटेन संवाददाता
२७ असार २०८१, बुधबार १४:०४

काठमाडौं । नाबालिगहरूलाई अवैध काम लगाएको अभियोगमा दुईजनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

उक्त टोलीले सिन्धुली हरिहरपुर गाउँपालिका–१ का ३३ वर्षीय वीरबहादुर सिन्तान र २५ वर्षीय सुबिलाल सिन्तानलाई मध्यपुर थिमि नगरपालिका–१ मनोहरा–जडीबुटीबाट पक्राउ गरेको हो ।

सिन्धुली होटल ढिँडो सर्भिस् एन्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानीको प्रलोभनमा पारी गेष्ट हाउसमा आएका ग्राहकहरूसँग वेश्यावृत्तिमा लगाएको प्रहरीले बताएको छ ।