रौतहट । रौतहटमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रौतहटको गढीमाई नगरपालिका धरमपुरबाट सर्लाहीतर्फ जन्ती जाँदै गरेका स्करपियो गाडि अनियन्त्रित भई नहरमा खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा परी काठमाडौंका कुलबहादुर श्रेष्ठ र सर्लाहीकी श्वेता पण्डितको मृत्यु भएको रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले जानकारी दिए । गाडीमा १२ जना सवार थिए ।