३२ असार २०८२, बुधबार
Follow Us

१५ लाख घुस लिने वडाध्यक्ष बादे भ्रष्टाचारी ठहर

नेपालब्रिटेन संवाददाता
२९ असार २०८१, शुक्रबार ०६:३५

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका-९ का वडाध्यक्ष नृपेश बादे भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। बिहीबार विशेष अदालतले उनलाई कसुरदार ठहर गर्दै सजाय निर्धारणका लागि पेसी तोकेको अदालतका सूचना अधिकारी यज्ञप्रसाद रेग्मीले जानकारी दिए।

गत वर्षको माघमा अध्यक्ष बादेले सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचनाका आधारमा परिचालित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।

रेग्मीका अनुसार उनीविरुद्ध विशेष अदालतमा २६ माघ ०८० मा मुद्दा दायर भएकोमा कसुर कायम हुने फैसला भएको छ । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो।

यस मुद्दामा बादेलाई दुई वर्षदेखि चार वर्षसम्म कैद हुनसक्ने भन्दै उनको सजाय निर्धारणको लागि पेसी तोकिएको छ। ३१ असारमा उनीमाथि सजाय निर्धारण हुनेछ।

धेरै पढिएको