३२ असार २०८२, बुधबार
Follow Us

हनी ट्र्याप गरेर एक करोड बार्गेनिङ गर्ने युवतीसहित २ जना पक्राउ

नेपालब्रिटेन संवाददाता
२९ असार २०८१, शुक्रबार १३:४७

काठमाडौँ । हनी ट्र्याप गरेर करिब एक करोड रुपैयाँको बार्गेनिङ गरेको आरोपमा युवतीसहित २ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत सम्पर्क गरेर पीडितलाई साथी बनाएकी युवतीले कोठामा बोलाएर अश्लील भिडिओ रेकर्ड गरेकी थिइन् । सोही भिडिओ देखाएर उनीहरूले उक्त रकमको बार्गेनिङ गरेका थिए । प्रहरीका अनुसार उनीहरूले पीडितसँग १५ लाख रुपैयाँ लिइसकेका थिए ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्चीकी २० वर्षीया तेन्जी डोल्मा छिरिङ भन्ने सिर्जना तामाङ र जुगलका २९ वर्षीय सौरभ तामाङ भन्ने लिलाबहादुर तामाङ रहेका छन् । लिलाले पीडितको फेसबुक लिंक सिर्जनालाई पठाएर साथी बन्न लगाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

धेरै पढिएको