नेपालका लागि चिनियाँ राजदूत छन् सङले प्रधानमन्त्री केपी ओलीसँग भेटेका छन् । राजदूत छङले सोमबार ओलीलाई शिष्टाचार भेटघाट गरेका हुन् । शिष्टाचार भेटका क्रममा राजदूत छनले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए ।
भेटमा दुई देशबीचको मित्रत थप उन्नत बनाउने विषयमा कुराकानी भएको राजदूत छनले जानकारी दिएका छन् । ‘हामी मित्रतालाई अझ प्रगाढ तुल्याउन र व्यावहारिक सहयोगलाई गति दिन सहमत भयौं,’ भेटपछि राजदूत छनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले सोमबार पद तथा गोपनियताको सपथ लिएका हुन् । ओली प्रधानमन्त्री नियुक्त भएपछि उनलाई भेट्न छन पहिलो कुटनीतिज्ञ हुन् ।