लण्डन । गैरआवासीय नेपाली संघको एक प्रतिनिधिमण्डलले गृहमन्त्री रमेश लेखकसंग भेटघाट गरेको छ।
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोको नेतृत्वमा भएको सो टोलीले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनको लागि आग्रह गरेको थियो ।
भेटघाटमा गैरआवासीय नेपाली नागरिकताको विषयमा विशेष छलफल भई तत्काल कार्यान्वयनमा लैजानेगरी कानूनी प्रावधान मिलाउने प्रतिबद्धता गृहमन्त्री लेखकले गरेका थिए ।
अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसी, उपाध्यक्ष रोजिना प्रधान राई, उपमहासचिव सोम सपकोटा, अर्जुन श्रेष्ठ, अतुल कोइराला, हिराधन राई, सरोज दाहाल, राजु अर्याल लगायतको सहभागिता रहेको थियो ।