१ फाल्गुन २०८१, बिहीबार
Follow Us

नेपाली फिल्म फेस्टिभलमा भाग लिन एक दर्जन कलाकार बेलायतमा (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
४ श्रावण २०८१, शुक्रबार २१:२२

लण्डन । थर्ड आइ, लण्डनको आयोजनामा लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल, लण्डन–२०२४’ भाग लिन नेपाली कलकारहरुको टोली बेलायत आइपुगेको छ ।

नेपालका लागि द दिनेश डिसी प्रोडक्सनले व्यवस्थापन गरेको उक्त फेस्टिभल गत जुलाई ७ (असार २३ गते आइतवार) लण्डनमा प्रारम्भ भएको थियो ।

धेरै लामो समयदेखि नेपाली फिल्मसँग सम्बन्धित तथा संगीतिक कार्यक्रम आयोजना गर्दै आएको थर्ड आईले बेलायतको राजधानी लण्डनमा यो फेस्टिभल दोस्रो पटक आयोजना गरेको हो ।

यो फिल्म फेस्टिभलमा पाँच वटा नेपाली फिल्म प्रदर्शनको लागि छनौट भएका छन् ।

फेस्टिभल अन्तर्गत यही जुलाई १४ (असार ३० गते) देव थापा निर्देशित फिल्म ‘टुल्की’ तथा सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’ प्रदर्शन भएको थियो । फेस्टिभलको समापन साउन ५ गते (जुलाइ २०) का दिन साँझ पाँच बजेदेखि वीलवीचमा हुनेछ । समापन समारोहमा नेपाली फिल्म ‘सरिता’ प्रदर्शन हुनेछ ।

फिल्म फेस्टिभलमा भाग लिन शम्भुजित बास्कोटा, भुवन केसी, दिलिप रायमाझी, प्रदिप खड्का, पुजा शर्मा, बेनिशा हमाल, कविता नेपाली, नरेन खड्का, एलिश कार्की, अनिता चलाउने, दिनेश डिसी तथा आफ्नो पेशागत कामको लागि हाल लण्डनमै रहेका कलाकर्मीहरु प्रदीप साही, दिया पुन, शर्मिला वर्देवा, रुपक डोटेल आदिको सहभागिता रहने छ ।