१६ श्रावण २०८२, शुक्रबार
Follow Us

काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे मनोनीत

नेपालब्रिटेन संवाददाता
५ श्रावण २०८१, शनिबार १४:०३

काठमाडौँ । नेपाली काँग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनीत भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा १३ को उपधारा १ बमोजिम घिमिरेलाई प्रमुख सचेतक मनोनीत गरेका हुन् । रमेश लेखक ३१ असारमा गृहमन्त्री भएपछि काँग्रेसको प्रमुख सचेतक पद रिक्त थियो । घिमिरे सिन्धुली-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

धेरै पढिएको